Monday, September 16Nepal News Portal
Shadow

‘ओलीको कदम प्रदेश सभा विघटन गरेर देशमा इमरजेन्सी लगाई संविधान खारेज गर्नु हो’,: उपेन्द्र यादव


काठमाडौं, (ससं) । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को कदम प्रदेश सभा विघटन हुन सक्ने बताएका छन् । संसद बिघटनको बिरोधमा वीरगञ्जमा सोमबार आयोजना गरिएको जन प्रदर्शन एवम बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओलीको ध्यान देशमा संकटकाल लगाई संबिधान बर्खास्त गरी देशलाई पछि धकेल्ने भन्ने रहेको बताएका हुन्।

जनआन्दोलन, मधेस आन्दोलन तथा सशस्त्र बिद्रोह जस्ता आन्दोलनको भरमा आएको संघीयता गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार जस्ता मूल्य मान्यतालाई समाप्त गर्न प्रतिनिधि सभाको बिघटन गरिएको यादवको आरोप रहेको छ।

‘ओलीको अर्को कदम प्रदेश सभा विघटन गरेर देशमा इमरजेन्सी लगाई संविधान खारेज गर्नु रहेको छ’, उनले भने, ‘जन आन्दोलन मधेस आन्दोलन तथा सशस्त्र बिद्रोह जस्ता आन्दोलनको भरमा आएको संघीयता गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार जस्ता मूल्य मान्यतालाई समाप्त गर्ने षडयन्त्र स्वरुप संसद बिघटन गरिएको हो।’

केपी ओली आफ्नो पार्टीलाई व्‍यवस्थित गर्नमा तथा सरकार चलाउनमा पनि असक्षम रहेको यादवको भनाइ थियो। ओलीले आफनै पार्टीका दुई तीन जना नेताको झगडामा परेर प्रतिनिधिसभा विघटन गरिदिएको बताएका छन्।

‘आफ्नै पार्टीका दुईतीन जना नेताको झगडामा परेर प्रधानमन्त्ती ओलीले प्रतिनिधिसभा बिघटन गरे’, उनले भने, ‘उनी आफ्नो पार्टीलाई ब्यवस्थित गर्न असक्षम छन्, सरकार चलाउन पनि असक्षम छन्।’ देशमा जबसम्म ओलीको सरकार रहन्छ तबसम्म लोकतन्त्रमाथि खतरा रहेको यादवको भनाइ थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्