Monday, February 10Nepal News Portal
Shadow

अनुष्का शर्माले छोरीलाई जन्म दिइन्


काठमाडौं, (ससं)। बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन्। मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनले छोरी जन्माएकी हुन्। क्रिकेटर विराट कोहलीसँग २०१७ डिसेम्बरमा विवाह गरेकी अनुष्काले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।

विराटले सामाजिक संजालबाट आफूहरूलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएका छन्। विराटले छोरी पाएको एकदमै खुशी रहेको भन्दै केही समय गोपनियतामा ध्यान दिन सबैमा आग्रहसमेत गरेका छन्।
अनुष्काले गत अगष्टमा आफू आमा बन्न लागेको बताएकी थिइन्। अनुष्का र विराट दुवै जनाको तस्बिर सेयर गर्दै २०२१ को जनवरीमा आफ्नो घरमा नयाँ सदस्यको आगमन हुने र आफूहरू पनि तीनजना हुने बताएका थिए।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्