Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
मंगलादेवी सिंहको २८औं स्मृति दिवस – Udhyognews.com
Saturday, March 22Nepal News Portal
Shadow

मंगलादेवी सिंहको २८औं स्मृति दिवस


काठमाडौं । नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस मनाइएको छ ।आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मंगलादेवीका छोरासमेत रहेका उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि २००४ साल साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघ स्थापना भएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्