Sunday, November 2Nepal News Portal
Shadow

एनआईसी एशियालाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’


काठमाडौं । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सबै बैकिङ सेवाहरू क्रमशस् डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकले पुरस्कारबाट डिजिटल बैंकिङको पहलमा थप उत्प्रेरणा मिलेको जनाएको छ ।

इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत २०२४ अगस्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।

यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट एनआईसी एशिया बैंक उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्