Monday, September 16Nepal News Portal
Shadow

चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउने कृषिमन्त्रीको प्रतिबद्धता


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरूको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारीकरणका लागि भारतिय बजारको विकल्प खोज्नुपर्ने बेला भएको जनाए ।

उनले भने, ‘नेपालको अर्थोडक्स चिया हाम्रो परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा हो । नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाहरूको बिचमा उभिन सक्ने सम्भावना राख्दछ । अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नु पर्दछ । यसको लागि चियाको अक्सन विकल्प हुन सक्ने महसुस गरेको छु । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्नेछु ।’

त्यस्तै, मन्त्री अधिकारीले यस्ता चिया प्रदर्शनी कार्यक्रमले स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्नेछ विश्वास व्यक्त गरे ।

उनले नेपाली चियाको मुख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठुलो उत्पादक रहेकाले नेपाली चियालाई उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगीहरू बाध्य हुने गरेको जनाए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्