Thursday, July 17Nepal News Portal
Shadow

सभामुखले प्रमाणित गरे टिआरसी विधेयक


काठमाडौं सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणित गरेका छन्।

बुधबार सभामुख घिमिरेले उक्त विधेयक प्रमाणित गरेको सभामुखको सचिवालयले बताएका छन्

यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो। साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभाबाट भदौ ६ मा पारित भएको थियो।

अब सभामुखले राष्ट्रपतिसमक्ष यो विधेयक प्रमाणीकरणका लागि पठाउनेछन्। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयकले कानुनको रूप लिनेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्