Wednesday, December 6Nepal News Portal
Shadow

पोखरामा रक्त सञ्चार केन्द्र निर्माण शुरुआत


काठमाडौं, (ससं) । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले धेरै सुविधा सहितको रक्तसञ्चार केन्द्र निर्माण शुरुआत गरेको छ । संस्थाले रु. आठ करोड लागतमा भवन निर्माण अघि बढाएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा विसं २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा–८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण शुरु गरेको भवन निर्माण समितिका संयोजकले बताएका छन् ।

संयोजक अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट रु एक करोड, गण्डकी प्रदेश सरकारबाट रु ५० लाख, महानगरबाट रु १५ लाख र अन्य विभिन्न सङ्घ संस्थाबाट पाँच लाखभन्दा बढी सङ्कलन भएको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृराष्ट्रबाट प्राप्त करोडौँका मूल्यावान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको छ ।

Total Page Visits: 451 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्