काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रसुवागढी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोका लगानीकर्ताले ८ .४८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कमपनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।