Monday, September 16Nepal News Portal
Shadow

नेपालमा ५८ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको


काठमाडौं। गत असार मसान्तसम्म नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ३५ प्रतिशत लगानी भित्रिएको छ । भारतका विभिन्न कम्पनीको नेपालमा १ खर्ब ३ अर्ब ४५ करोड लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसपछि क्रमशः चीनको ३५ अर्ब ४६ करोड अर्थात् १२ प्रतिशत, आइल्याण्डको २२ अर्ब ६२ करोड ९७।७० प्रतिशत लगानी रहेको छ ।

अस्ट्रेलियाबाट गत असारसम्म १९ अर्ब ६ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड लगानी आएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९।७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०।२ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्मा ३० प्रतिशत, उत्पादन क्षेत्रमा २९।४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

कुल वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्