Monday, September 16Nepal News Portal
Shadow

रिलायबल नेपाल लाइफ वालिङ शाखाद्वारा डस्टविन हस्तान्तरण


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, स्याङ्जास्थित वालिङ शाखाले छायाँक्षेत्र (छाङ्छाङ्दी मन्दिर) मा डस्टबिन वितरण गरेको छ । शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी सँस्थाको ७ औँ बार्षिकोत्सवको अवसरमा भिरकोट नगरपालिकास्थित छायाँक्षेत्र मन्दिरमा डस्टबिन वितरण गरेको हो ।

सो कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले सँस्थाको सहयोगले छायाँक्षेत्र मन्दिर परिसरमा सरसफाई र स्वच्छता कायम राख्न सहयोग पुग्नेबताए । मन्दिर व्यवस्थापन समिति र आम तीर्थालु भक्तजनहरुलाई पनि फोहर व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । यसरी सो मन्दिर व्यवस्थापनको सन्दर्भमा योगदान दिने रिलायबल नेपाल पहिलो बीमा कम्पनी भएको भन्दै उनले प्रशंसा समेत गरे ।

मन्दिर व्यस्थापन समितिले महिला र बालबालिकाको सहजताका लागि मन्दिर परिसरमा स्तनपान कक्ष निर्माण गर्ने योजना बनाईरहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले सो कार्यका लागी सबै क्षेत्रबाट सहयोग मिल्ने अपेक्षा रहेको समेत बताए ।

यसैगरी शाखाले वालिङ नगरपालिका वडा नं। ९ स्थित सातधारामा समेत डस्टबिन वितरण गरेको छ । कर्पोरेट संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने सानो प्रयास अनुरुप कार्यक्रमको आयोजना गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, वालिङ शाखाका व्यवस्थापक नुन गुरुङले बताए । कार्यक्रममा बोल्दै उनले यी कार्यक्रमहरु संस्थाको व्यवसायिक प्रचार भन्दा पनि सामाजिक काम गर्ने अवसरको रुपमा आयोजना गरिएको समेत प्रस्टाए ।

शाखाले यसअघि विपन्न समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण र जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्तिका साथै शैक्षिक सामाग्री र पोशाक वितरण समेत गरेको थियो । शनिबार आयोजित कार्यक्रम पनि सोही कार्यको निरन्तरता रहेको व्यवस्थापक गुरुङले जानकारी दिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्