Monday, September 16Nepal News Portal
Shadow

बैङ्किङ क्षेत्रमा प्रचुर मात्रामा तरलताः गभर्नर अधिकारी


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैङ्किङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको जनाएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति सायद इतिहासमै तल छौँ । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैङ्किङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सबलतालाई हेरेर नेपाल राष्ट्र बैङ्कले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

साथै उनले तरलताकै आधारमा बैङ्किङ प्रणालीको ब्याजदरहरू तल रहेको बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरूलाई अगाडि बढाउनको लागि र निजी क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्