Wednesday, January 15Nepal News Portal
Shadow

आज तोलामा ६०० ले बढ्यो सुनको भाउ


काठमाडौं, (ससं) । लगातार चार दिनदेखि सुनको भाउ घट्ने क्रममा आज (मंगलबार) भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको हो। योसँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ पुगेको छ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ कायम भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ कायम भएको छ।

सुनको भाउ बढेसँगै चाँदीको मूल्यसमेत २० रूपैयाँले उकालो लागेको छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँ कायम गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्