Monday, September 16Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य बृद्धि हुँदा १३ अर्ब ५७ करोड माथिको कारोबार


काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६. ९० अंकले बढेर २,८३० आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने आज १३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सात कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त वित्तीय संस्था, विन्ध्यावासिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्