काठमाडौं । आज शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाखको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुमारी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।