Monday, February 10Nepal News Portal
Shadow

सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ


काठमाडौं, (ससं) । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपीका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्