काठमाडौं । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा झरेको हो।
दोहोरो अंकले बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज होटेल तथा पर्यटन समूह स्थिर रहेको छ।
बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।