Friday, October 11Nepal News Portal
Shadow

सामाजिक सेवामा लायन्स : कुलेश्वर माध्यमिक विद्यालयमा ‘लायन्स पाठशाला’ सञ्चालनमा


काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ आई, नेपाल क्लस्टर–११ अन्तर्गतका क्लबहरूद्वारा  कुलेश्वर माध्यमिक विद्यालयमा ‘लायन्स पाठशाला’ सञ्चालनमा आएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ आई, नेपालकी फस्ट भाइस डिस्ट्रिक गभर्नर पार्वती खरेल पाण्डेसहित सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर सूर्यकुमार केसी, क्लस्टर चिफ संगीता थापा केसी लगायतले मंगलबार उक्त पाठशालाको उद्घाटन गरेका हुन् ।

विद्यालय समयभन्दा पछि घरमा गृहकार्य गराउने अविभावक नभएका बालबालिकाका लागि यो पाठशाला सञ्चालनमा ल्याइएको हो । यो पाठशालामा सहभागी बालबालिकाहरूको नियमित पठनपाठनमा लायन्स इन्टरनेशनल डिस्ट्रिक  ३२५ आई, नेपाल क्लस्टर–११ अन्तर्गतका क्लबहरूले गर्नेछन् ।

लायन्स पाठशालाले विद्यालय शिक्षा, नैतिक शिक्षा, सामाजिकीकरण जस्ता महत्त्वपूर्ण विषयलाई जोड दिने फस्ट भाइस डिस्ट्रिक गभर्नर पाण्डेले बताइन् । विद्यालय समयभन्दा फरक समयमा विद्यार्थीहरूलाई अन्य विषयमा विचलित हुनबाट रोक्न, घरमा गर्नुपर्ने होमवर्कहरूमा शिक्षकहरूबाट गराउन यो पाठशालाले सहयोग गर्नेछ ।

सहयोग होस् भनेर लायन्स क्लब इन्टरनेशनलले समाधान गर्न अगाडि सारेको महत्त्वपूर्ण कार्यक्रम हो । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समूहका बालबालिकालाई एकै ठाउँमा राखेर उनीहरूका समस्या समाधान गर्न सहयोग होस् भन्ने हेतुले यो विद्यालयमा ‘लायन्स पाठशाला’ सञ्चालनमा ल्याइएको क्लस्टर चिफ संगिता थापा केसीले बताइन् ।

हाल यो पाठशालामा २४ विद्यार्थीहरू सहभागी छन् । लायन्स पाठशालामा सहभागी हुने विद्यार्थीहरूले राम्रो नतिजा ल्याउन सफल भए अन्य वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्दै जाने क्लस्टर ११ का को–चिफ खेमनाथ कडरियाले बताए ।विद्यालय समयभन्दा पछि घरमा गृहकार्य गराउने अविभावक नभएका बालबालिकाका लागि यो पाठशाला सञ्चालनमा ल्याइएको हो । यो पाठशालामा सहभागी बालबालिकाहरूको नियमित पठनपाठनमा लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ आई, नेपाल क्लस्टर–११ अन्तर्गतका क्लबहरूले गर्नेछन् ।

लायन्स पाठशालाले विद्यालय शिक्षा, नैतिक शिक्षा, सामाजिकीकरण जस्ता महत्त्वपूर्ण विषयलाई जोड दिने फस्ट भाइस डिस्टिक गभर्नर पाण्डेले बताइन् । विद्यालय समयभन्दा फरक समयमा विद्यार्थीहरूलाई अन्य विषयमा विचलित हुनबाट रोक्न, घरमा गर्नुपर्ने होमवर्कहरूमा शिक्षकहरूबाट गराउन यो पाठशालाले सहयोग गर्नेछ ।

सहयोग होस् भनेर लायन्स क्लब इन्टरनेशनलले समाधान गर्न अगाडि सारेको महत्त्वपूर्ण कार्यक्रम हो । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समूहका बालबालिकालाई एकै ठाउँमा राखेर उनीहरूका समस्या समाधान गर्न सहयोग होस् भन्ने हेतुले यो विद्यालयमा ‘लायन्स पाठशाला’ सञ्चालनमा ल्याइएको क्लस्टर चिफ संगिता थापा केसीले बताइन् ।

हाल यो पाठशालामा २४ विद्यार्थीहरू सहभागी छन् । लायन्स पाठशालामा सहभागी हुने विद्यार्थीहरूले राम्रो नतिजा ल्याउन सफल भए अन्य वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्दै जाने क्लस्टर ११ का को–चिफ खेमनाथ कडरियाले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्