Friday, October 11Nepal News Portal
Shadow

यी स्थानमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने


काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ ।

विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने बताएको हो।

असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले बताएको छ।

रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेड सम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

 

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्