Tuesday, December 3Nepal News Portal
Shadow

नेपालमा एसीसीए कोर्सका लागि एनसीए कलेज अफ म्यानेजमेन्टले छात्रवृत्ति दिने


काठमाडौं, (ससं) । एन.सी.ए. कलेज अफ म्यानेजमेन्टले सन् २०२१ को जनवरी /फेब्रुअरी आवेदन इन्टेक अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीलाई एसीसीएका कोर्सका लागि छात्रवृत्तिको अवसर प्रदान गर्ने भएको छ । १२ कक्षा वा ए लेभल उत्तीर्णरपरीक्षाको नतिजा पर्खेर बसेका विद्यार्थीका लागि यो छात्रवृत्तिले पहिलो सेमेष्टरका लागि लाग्ने सबै शुल्क गरी कूल १ लाख बराबरको रकम बेहोर्ने भएको छ ।

छात्रवृत्ति तथा कोर्स भर्नाका लागि २४ जनवरी सन् २०२१ भित्र आइपुग्ने गरी आवेदनको समयसीमा तोकिएको कलेज व्यवस्थापनले जनाएको छ । आवेदन फाराम कलेजको वेवसाइटwww.nca.edu.np मा उपलब्ध रहेको पनि कलेज व्यवस्थापनले जानकारी दिएको छ ।

एसीसीए संयुक्त अधिराज्य बेलायतको द एसोसिएशन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सीसम्बन्धी कोर्स हो । यो कोर्स संसारका १८० देशमा अध्ययनरअध्यापन गरिन्छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्