काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् ।
असोज १ गतेदेखि लागू हुने गरी कम्पनीको भदौ २४ गते सोमवार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । रेग्मी यस अघि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
दुई वर्ष सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गरेका रेग्मीलाई कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
रेग्मीसँग एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनि पेशाले लेखापरिक्षक समेत रहेको बुझिन्छ ।