Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
पठाओ नेपालले सुरु गर्यो पठाओ दशैं महोत्सव-२०८१ – Udhyognews.com
Thursday, March 20Nepal News Portal
Shadow

पठाओ नेपालले सुरु गर्यो पठाओ दशैं महोत्सव-२०८१


काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पठाओ दशैं महोत्सव २०८१ सुरु गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ । दशैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो । पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र भएको उनले बताइन् ।

साथै दैनिक एक प्रतिशत कमिसन अफरसमेत भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको उनको भनाइ छ । दैनिक एक प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिंदै जाँदा अफिसलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक एक प्रतिशतसम्म पुग्नेछ ।

लक्की ड्रमार्फत् धेरै राइड वा डेलिभरी गर्नेमध्ये तीन जना विजेता छनोट गरिने छ । विजेताले राम्रो रेन्ज भएको होण्डा साइन १२५ सीसी मोटरसाइकल उपहार पाउनेछन् । बम्पर उपहारको लक्की ड्रमा सहभागी हुनका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सीआर ९कम्प्लेसन रेट० वा एसआर ९सक्सेस रेट० पुरा गर्नुपर्नेछ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्