Tuesday, March 18Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघको बिजनेस इन्टेलिजेन्स सिस्टम सञ्चालनमा


काठमाडौ‌। नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस)  को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डेटाबेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने छ ।

यस प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण जानकारी राखिएको छ । महासंघमा अप्रत्यक्ष, प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आबद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहने महासंघले जनाएको छ ।

यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । ‘नलेज प्ल्याटफर्म’ का रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिने जनाइएको छ । जुन सर्वसाधारणको पहुँचमा पनि रहने छ ।

प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।

प्रणाली नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्