Saturday, March 22Nepal News Portal
Shadow

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३७ हजार ८८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखेको शेयर सो समयअवधिमा बिक्री नभएपछि कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आज असोज ७ गतेले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट २ नवलपरासीमा आवेदन दिनुपर्नेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्