Friday, November 8Nepal News Portal
Shadow

लक्ष्मी बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, साढे ११ प्रतिशत लाभांश पारित


काठमाडौं,  (ससं) । मंगलबार लक्ष्मी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित साढे ११ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको साधारणसभाले हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध चयन गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा १ खर्ब रुपैयाँ निक्षेप संकलनगरी ८९ अर्ब रुपैयाँ कर्जा पु¥याएको थियो भने वासलातको आकार १ खर्ब २८ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकले सो आ.व. १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्