काठमाडौं । आज पनि शेयर बजारमा भारी अंकले गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५८ दशलमव ९३ अंकले घटेर २,४७० को विन्दुमा कायम भएको छ । आज १० कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भउको छ । आज यस कम्पनीको १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।