Friday, October 11Nepal News Portal
Shadow

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः अध्यक्ष ढकाल


 

 


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने जनाएका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले यस्तो जनाएका हुन् ।

उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने जनाए । साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरि सबै क्षेत्र अगाडि बढन नसक्ने जनाए । साना उद्यमीको अधिकारको बिषयमा पनि सरकार र बिकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनको जोड थियो । अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक बिकासका लागि सबैले पहल गर्नुपर्ने बताए ।

साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि जनाए ।

साथै, उनले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भैरहेको समेत बताउनुभयो । उहाँले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्