Sunday, March 16Nepal News Portal
Shadow

बढ्यो सेयर बजार


 

 

काठमाडौ‌ं । तीन कारोबार दिनपछि बुधवार सेयर बजार परिसूचक (नेप्से) उच्च अङ्कले बढेको छ । २४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अङ्कले बढ्दै परिसूचक २५१९.५७ बिन्दुमा उक्लिएको हो ।

यसअघि आइतबार कारोबार ११.५८ अङ्कले बढेको थियो । सोमबार र मंगलबार भने बजार समान ५९.५९ अङ्कले घट्यो । आज २२३ कम्पनीको मूल्य बढेको छ । १८ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर रह्यो ।

परिसूचक उच्च अङ्कले बढे पनि आज कारोबार रकम भने घटेको छ । बुधवार ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ५३ करोडको कारोबार भएको थियो ।

बुधवार पाँच वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् लगायत कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो ।

नेप्सेमा सूचीकृतमध्ये सामूहिक लगानी कोष उपसमूहको सूचक ०‍‍‍.०१ प्रतिशतले घटेको छ भने बाँकी सबै उपसमूहको सूचक बढेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्