Friday, October 11Nepal News Portal
Shadow

३२ अंकले घट्यो नेप्से


काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३२. ८१ अंकले घटेर २,४८६ कोे विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजीको १७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सीइडिबी हाइड्रोको १४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्  ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्