Friday, October 11Nepal News Portal
Shadow

एनएमबि बैंकद्वारा दक्ष बैंकर उत्पादन गर्न छात्रवृत्तिको घोषणा


काठमाडौं। एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ ।

बैंकले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

विद्यार्थीहरूमा अग्रिम रूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।

विद्यार्थीहरूलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने सिप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य बैंकले लिएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्