Friday, October 11Nepal News Portal
Shadow

खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न नार्कको आग्रह


काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेको छ । कृषि मौसम सल्लाह बुलेटिन मार्फत खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी जम्न नदिन पानी निकासको उचित व्यवस्था गर्न नार्कले आग्रह गरेको हो ।

विभिन्न तरकारीबालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको उचित प्रबन्ध गर्न भनिएको छ । यस्तै, साताभरि नै मनसुनी वायुको प्रभावका कारणले पानी परी खेतबारीहरूमा पानी जम्ने वा हुने बाढीमा मुसा, छुचुन्द्रो आदिको मलमूत्रबाट सर्ने लेप्टोस्पाईरोसिस जस्ता मानिसमा पनि सर्न सक्ने जीवाणुहरू प्रशस्त मात्रामा पाइन सक्ने हुँदा, खेतबारीमा जाँदा बुट लगाएर मात्र जान नार्कको आग्रह छ ।

यस्तै, चिसो ठाउँमा भण्डारण गरेको दाना र परालमा ढुसीको सङ्क्रमण हुन गई पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै विष उत्पन्न भई पशुवस्तु मर्न समेत सक्ने भएकोले पशुवस्तुलाई खुवाउने दाना र पराललाई सफा र ओभानो ठाउँमा भण्डारण गर्नु पर्ने नार्कले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्