Friday, October 11Nepal News Portal
Shadow

माण्डु हाइड्रोपावरको साधारणसभा सम्पन्न


काठमाडौं । माण्डु हाइड्रोपावरले १३औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको सभाले सो प्रस्ताव अनुमोदन गरेको छ ।

प्रचलित कानुनबमोजिम कर कट्टी गरी नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित पारित गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्