Friday, October 11Nepal News Portal
Shadow

४४ अंकले बढ्यो नेप्से


काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४४ .४५ अंकले बढेर २,५०८ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सर्वोत्तम सिमेन्टको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यस फन्डका इकाईधनीले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्