Friday, October 11Nepal News Portal
Shadow

शेयर बजारमा ११४ अंकको बृद्धि 


काठमाडौं । नेपाली शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११४ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज २४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य ९ दशलमव ९९ प्रतिशतकाले बढेको छ । आज ३० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्