काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रभाव पारेको जनाएका छन् । मंगलबार एक कार्यक्रममा उनले वर्तमान जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न सबैको एकता आवश्यकता रहेको जनाए ।
मन्त्री अधिकारीले नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्रहरू र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावनाहरू प्रदान गरे पनि दबाबपूर्ण चुनौतीहरूको सामना गर्नुपरिरहेको उल्लेख गरे । नेपालको पहाडी पारिस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पुर्याएको उनले बताए । उनले साना तथा सीमान्त कृषकहरूले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।