Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेप्सेमा २६ अंकको गिरावट – Udhyognews.com
Wednesday, March 19Nepal News Portal
Shadow

नेप्सेमा २६ अंकको गिरावट


काठमाडौं । हिजो भारी अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २६. ७ अंकले घटेर २,५९७ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोपावरका लगानीकर्ताले ९ .४५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्