Monday, April 14Nepal News Portal
Shadow

विपदमा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको छः स्वास्थ्य मन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको जनाएका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले विपदमा परेका नागरिकलाई निःशुल्क उपचार गरिने जनाए।

विपदबाट घाइते भएका बिरामीहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार जारी रहेको बताए।

घाइते भएर उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने उनले बताएका छन्।

‘विपदमा परेर घाइते भएकाहरूलाई सरकारी अस्पतालले निःशुल्क उपचार गराइरहेको छ,’ उनले भने, ‘ निजी अस्पतालाहरूलाई पनि विपदमा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न भनेका छौं।’

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्