Saturday, March 22Nepal News Portal
Shadow

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने


काठमाडौं । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले बताएका छन् ।

मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्