Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
चाडपर्व लक्षित खाद्य पदार्थ अनुगमन : दुईवटा फर्ममा अखाद्य पदार्थ भेटियाे – Udhyognews.com
Thursday, March 20Nepal News Portal
Shadow

चाडपर्व लक्षित खाद्य पदार्थ अनुगमन : दुईवटा फर्ममा अखाद्य पदार्थ भेटियाे


काठमाडाै‌ं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुईवटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ ।

विभागले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन गर्दा एउटा खाद्य कम्पनी र एउटा डेरी गरी दुईवटा फर्ममा अखाद्य पदार्थ भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

पेप्सीकोलास्थित सूर्यमुखी डेरी पसल र एबी टिपिकल थकालीका खाद्य पदार्थको नमूनाको प्रारम्भिक जाँच गर्दा कैफियतसहित अखाद्य पदार्थ भेटिएको उनले जानकारी दिए । सूर्यमुखी डेरी पसलको प्रशोधित दुधको नमूनाको विस्तृत परीक्षणका लागि नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइएको जनाइएको छ ।

एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङ्गको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिएको थियो । विभागले बेकरी सर्टेनिङ्गको प्रयोग नगर्न सो कम्पनीलाई निर्देशन दिएको छ । विभागले त्यस क्षेत्रका पाँच फर्ममा अनुगमन गर्दा तीन वटामा भने कुनै कैफियत नपाइएको जनाइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्