Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
तीन दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको प्रतिवद्धता – Udhyognews.com
Thursday, June 12Nepal News Portal
Shadow

तीन दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको प्रतिवद्धता


 काठमाडाै‌ं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत उपलब्ध गराउने बाचा गरेका छन् ।

आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिलाई तत्काल लाभग्राहीहरुको विवरण
पठाउन निर्देशन दिए। यसपछि राहत वितरणको कार्य तीव्र पारिने उनले बताए ।

लेखकले भने, “सरकारले बाढीपहिरोबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिएको छ । सकेसम्म छिटो उद्धार तथा राहत सामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउनु हाम्रो दायित्व हो । खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। ”

बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोले यकिन विवरण सङ्कलन गर्न सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले घाइतेको निःशुल्क उपचार सरकारको जिम्मामा रहेको स्पष्ट पारे ।

निरीक्षणका क्रममा लेखकले ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा गएको पहिरोमा मृत्यु भएका विवेक सिंहप्रति शोक व्यक्त गरे । ३२ वर्षदेखि अस्पतालमा रिसर्च टेक्निकल अफिसरको रूपमा कार्यरत सिंहको मृत्युले गहिरो क्षति भएको उनले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत वितरण गरिएको जानकारी दिएका छन् । बाँकी मृतकका परिवारलाई पनि चाँडै राहत वितरण गरिने जनाइएको छ ।

निरीक्षणमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्ष र प्रहरी प्रमुख लगायतका अधिकारीहरू सहभागी थिए।

सरकारको यो कदमले बाढीपहिरो पीडितहरूलाई तत्काल राहत प्राप्त गर्ने आशा दिलाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्