काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ्र५ सय रुपैयाँ कायम रहेको छ भने आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।