Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
युनिलिभर नेपालले डाक्यो वार्षिक साधारणसभा – Udhyognews.com
Saturday, March 22Nepal News Portal
Shadow

युनिलिभर नेपालले डाक्यो वार्षिक साधारणसभा


काठमाडौं । युनिलिभर नेपालले ३१ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो ४ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित गत आर्थिक वर्षको मुनाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब असोज २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउनेछन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्