काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ कायम रहेको छ भने सोमबार छापावाला सुनको मूल्य प्रकितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४ रुपैयाँमा कारोबार भइरहेको छ ।