Friday, November 8Nepal News Portal
Shadow

विपद सामनाको लागि विश्व बैंकले १५ अर्ब ऋण दिने


काठमाडाै‌ं  । विपद सामनाको लागि विश्व बैंकले करिब १५ अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोग दिने भएको छ।

विश्व बैंकको सञ्चालक समितिले यस्तो ऋण सहयोगलाई स्वीकृति दिएको हो।

‘नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने,‘ नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।’

प्राकृतिक प्रभाव, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्