Sunday, April 20Nepal News Portal
Shadow

नेपाल उद्योग परिसंघद्वारा बाढी प्रभावितलाई राहत वितरण


काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं। ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं। ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गरे । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई उपलब्ध गराए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघ पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा। घनश्याम ओझासहित प्रशासनका कर्मचारीको उपस्थिती रहेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्