
काठमाडाै । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाले शानदार जित दर्ता गरेका छन्।
अर्जेन्टिनाले बोलिभियामाथि ६-० गोलको शानदार जित दर्ता गर्यो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरे। उनले खेलको १९, ८४ र ८६ मिनेटमा गोल गरेका थिए।
यस्तै मार्टिनेजले ४३, अल्भारेजले ४५+३ र अल्माडाले ६९ मिनेटमा गोल गरे। यस्तै ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गर्यो।
ब्राजिलका लागि राफिन्हाले पेनाल्टीबाट दुई गोल गरेका थिए।
दोस्रो स्थानको कोलम्बियाले आजै चिलीलाई ४-० गोलले पराजित गर्यो। तेस्रो स्थानको उरुग्वे र चौथो स्थानको ब्राजिलको समान १६-१६ अंक छ। गोल अन्तरमा ब्राजिल पछि छ।
