Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
प्रनमन्त्रीले बोलाए विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक – Udhyognews.com
Friday, March 21Nepal News Portal
Shadow

प्रनमन्त्रीले बोलाए विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक


काठमाडौं । बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति र शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने भएको छ । गत ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठकहरु बोलाइएका हुन् ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार गठित समिति र परिषद् बैठकमा छलफल गर्न विभिन्न एजेन्डाहरु तय भइसकेका छन् । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा कार्यकारी समिति बैठक बस्नेछ ।

स्रोतका अनुसार बैठकले संकटग्रस्त घोषणा भएका स्थानीय तहहरुको अवस्थबारे छलफल गर्नेछ । अस्थायी आवास निर्माणलाई प्राथमिकता दिने गरी केही निर्णयहरु पनि गर्ने सम्भावना छ । प्रभावित क्षेत्रमा कस्ता कार्यक्रमहरु लैजाने भन्नेबार छलफल हुने छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद बैठक बोलाएका छन् । बैठकमा बाढी पहिरो प्रभावितक क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के–के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुन्छ । बाढीपहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरु निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्