Sunday, November 2Nepal News Portal
Shadow

आरएसडिसी लघुवित्तको लाभांश घोषणा


काठमाडौं । आरएसडिसी लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षसम्मको कमाईबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । बिहिबार बसेको १३१ औं संचालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको आरएसडिसीले नेपाल स्टक एक्सचेन्ज मार्फत जनाएको छ ।

आरएसडिसीकाअनुसार प्रस्तावित लाभांशमा ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात तोकिएको बुक क्लोज मितिसम्म कायम शेयरधनीहरुले पाउनेछन । बुक क्लोज मिति लघुवित्तले पछि तय गरेर पून यसबारे जानकारी गराउनेछ।

हाल आरएसडिसीको चुक्तापूँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्