Sunday, March 16Nepal News Portal
Shadow

काठमाडौंका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने


काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरूस बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

त्यस्तै महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

कुलेश्वर वितरण केन्द्रको चःमति फिडर अन्तर्गतका क्षेत्रहरू कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो स्कुल, जनसेवा मार्ग, बिजेश्वरी, रामटोल, चःमति, अजिमा महेन्द्र रत्न कलेज, कलस अपार्टमेन्ट, चागल, जिल्ला शिक्षा कार्यालय, डल्लु झोलुंगे पुल लगायतका ठाउँहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले सूचना जारी जानकारी दिएको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्