Tuesday, March 18Nepal News Portal
Shadow

कात्तिक १२ गतेदेखि समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिन सकिने



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले २०७८ चैत २९ गते एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तर बोर्डले तीन वर्षपछि गत असोज २९ गते मात्र एफपीओ निष्कासन अनुमति दिएको थियो ।
यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । हाल यो कम्पनीको धितोपत्र दोस्रो बजारमा प्रतिसेयर मूल्य ९३५ रुपैयाँ कायम कायम छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्