काठमाडौं । नेपाल सुनचाँदी व्यवसय महासंघका अनुसार सुनचाँदीको मूल्यले फेरि नयाँ रेकड कायम राखेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ कायम रहेको छ भने सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाले कायम रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकड कायम गरेको छ ।
आज चाँदीको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ कायम रहेको छ भने सोमबार प्रतितोला २ हजार ९५ रुवैयाँ कायम रहेको थियो ।